धार्मिक ब्यूरो । आज आइतबार दिउँसो ४ः३० बजे शुक्र ग्रह कुम्भ राशिमा प्रवेश गरेको छ । कुम्भ राशि शनिदेवको राशी हो।

शनिदेव यस राशिमा विराजमान हुनुहुन्छ। कुम्भ राशिमा शुक्र र शनिको मिलन भएको छ, दुई ग्रहबीच मित्रता छ ।

शुक्र ग्रहले कुम्भ राशि छोडेर फेब्रुअरी १५ मा राति ८ः१२ बजे मीन राशिमा प्रवेश गर्नेछ। शुक्रदेवलाई धन, नारी, प्रेम, विवाह, सुख–समृद्धि, विलासिता र आकर्षणको कारक मानिन्छ।

कुम्भ राशिमा शुक्रको गोचरले मेष, मिथुन, सिंह, मकर र कुम्भ राशिका पाँच राशिका मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ। धन, नोकरी, करियर, प्रेम सम्बन्ध, व्यापारमा वृद्धि हुनेछ।

मेष : शुक्र कुम्भ राशिमा प्रवेश गर्दा मेष राशिमा शुभ प्रभाव देखिनेछ । यस राशिका व्यक्तिको व्यापारमा प्रगति हुनेछ । धन लाभ हुनेछ । आर्थिक अवस्था पहिलेको भन्दा बलियो हुनेछ। सुख समृद्धिमा वृद्धि हुनेछ ।

मिथुन : कुम्भ राशिमा शुक्रको गोचरको कारणले काममा बढुवाको प्रबल सम्भावना रहेको छ । भाग्यले पूर्ण साथ दिनेछ। विदेशमा अध्ययन गर्ने इच्छा पूरा हुनेछ। पूजापाठमा रुचि बढ्नेछ।

सिंह : शुक्र ग्रहको राशि परिवर्तनले सिंह राशिका व्यक्तिहरूको प्रेम सम्बन्धलाई बलियो बनाउनेछ। प्रेम सम्बन्धमा रोमान्स बढ्नेछ। प्रेमसाथीलाई जीवनसाथी बनाउने सोच्न सकिन्छ । अविवाहितको विवाह हुनसक्छ । तपाईको विवाह पुष्टि हुन सक्छ। केही शुभ समाचार प्राप्त हुन सक्छ।

मकर : राशि शुक्रको गोचरले तपाईको प्रेम जीवनमा सुधार ल्याउनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। तपाईको आम्दानी बढ्ने सम्भावना छ । आर्थिक रुपमा बलियो बन्नेछ । सुख सुविधामा बृद्धि हुनेछ । धन लाभ हुनेछ ।

कुम्भ : राशि शुक्रको गोचरले तपाईको जीवनमा सकारात्मक प्रभाव ल्याउनेछ। जागिरे व्यक्तिको कामको प्रशंसा हुनेछ। व्यापार व्यवसायका लागि समय अनुकुल रहेको छ । भाग्यको विजय हुनेछ। उन्नतिको अवसर मिल्नेछ । लगानीबाट लाभ मिल्नेछ ।

 

सम्बन्धित खबरहरु