काठमाडौं । कुनै पनि रूपमा सन्तानप्रति आमाको मायालाई शब्दमा वर्णन गर्न सकिँदैन ।

आमा र सन्तानको मायामा धेरै किताब पनि लेखिएका छन्, फिल्म समेत बनेका छन् । यद्यपि आमाको माया यी सबै भन्दा माथि हुन्छन् ।

आमाको सन्तानप्रतिको मायाको कथा तपाइले पनि धेरै पटक सुन्नु भएको हुनुपर्छ । अहिले यस्तै एउटा कथा सामाजिक सञ्जालमा भाइरल भएको छ । कथा पढेर धेरैका आँखा रसाएका छन् ।

एक आमाले २४ वर्षसम्म एउटै थालीमा खाना खानुहुन्थ्यो । त्यसका पछाडिको रहस्य खुल्दा सबै भावुक बनेका हुन् । सो रहस्यबारे छोरालाई आमाको मृत्युपछि मात्रै थाहा भयो ।

अहिले त्यो थाली देखेर उनी भावुक भइरहेका छन् । ती छोराले पूरै कथा सामाजिक सञ्जालमा साझा गरेपछि दुनियाँकहाँ यो कुरा आएको हो । विक्रम नामका एक सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्विटमार्फत सम्पूर्ण कुरा बताएका हुन् ।

विक्रमले आफ्नो ट्वीटमा भनेका छन्, ‘यो अम्मा (आमा) को थाली हो । उनी विगत दुई दशकदेखि यही थालीमा खाना खान्थिन् । यो सानो प्लेट हो । आफूसँगै आमाले मलाई र चुलबुली (मेरी भतिजी श्रुति) लाई पनि यो थालमा खान दिनुहुन्थ्यो ।

उहाँको मृत्युपछि, मैले बहिनी मार्फत यो थालीको रहस्य थाहा पाएँ । मैले कक्षा ७ मा यो थाली पुरस्कार जितेको थिएँ ।’ विक्रमले थप लेखेका छन्, ‘यो सन् १९९९ को कुरा हो ।

विगत २४ वर्षमा आमाले मैले पुरस्कारमा जितेको प्लेटमा खाना खानुहुन्थ्यो । यो प्यारो छ । उहाँले मलाई यसबारे भन्नु पनि भएन् । आमा म तपाईंलाई धेरै सम्झन्छु ।’ विक्रमको यो ट्विट निकै भाइरल छ ।

झण्डै १५ हजारले यसलाई मन पराएका छन् । भाइरल ट्विटले सबैलाई भावुक बनाएको छ । प्रतिकृयामा मानिसहरूले आ–आफ्ना आमासँग जोडिएका भावुक कथाहरू साझा गरिरहेका छन् ।

एकजनाले लेखे, ‘संसारमा तिमीलाई आमाले मात्र बिना स्वार्थ माया गर्छिन् ।’ अर्कोले भन्यो, ‘आमा भनेको आमा हो ।’ विक्रमको प्रोफाइलले देखाउँछ कि उनी आफ्नी आमालाई धेरै माया गर्थे । उनकी आमाको गत डिसेम्बर २९ मा निधन भएको थियो ।

 

सम्बन्धित खबरहरु