काठमाडौं । भारत, राजस्थानको भरतपुरमा शनिबार बिहान वायुसेनाको लडाकु विमान दुर्घटना भएको छ । भरतपुरको उचैन प्रहरी चौकी क्षेत्रको पिङगोरा गाउँ नजिकै विमान खसेर चकनाचुर भएको थियो । मानिसहरूले लडाकु विमानमा हावामा आगो लागेको बताएका छन् ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी र सेनाका अधिकारी घटनास्थलमा पुगेका छन् । घटनास्थलमा गाउँलेहरुको भीड जम्मा भएको छ । यद्यपी विमानमा कति जना पाइलट थिए वा कति जनधनको क्षति भयो भन्ने खुल्न सकेको छैन ।
गाउँलेहरुका अनुसार विमानमा आकाशमै आगो लागेको थियो र जलिरहेको लडाकु विमान खसेको थियो । घटनास्थल नजिकै एक रेलवे स्टेशन पनि छ । यो लडाकु विमान आगराबाट उडेको बताइएको छ।
वायुसेनाको सुखोई–३० र मिराज २००० विमान शनिबार एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका हुन् । दुबै ग्वालियर एयरबेसबाट उडेका थिए । एउटा भरतपुर र अर्को मुरैनामा खसेको बताइएको छ ।
#WATCH | Wreckage seen. A Sukhoi-30 and Mirage 2000 aircraft crashed near Morena, Madhya Pradesh. Search and rescue operations launched. The two aircraft had taken off from the Gwalior air base where an exercise was going on. pic.twitter.com/xqCJ2autOe
— ANI (@ANI) January 28, 2023