काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले सर्वोच्च अदालतको फैसलापछि पद त्याग गर्नुपरेकोबारे आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

उहाँले शनिबार शहिद दिवसको अवसर पारेर नेकपा (एमाले) ले च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बोल्दै पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

उहाँले संविधान अन्तर्गत नै समस्याको समाधान हल गरी अघि बढ्न आफूहरू सक्षम रहेको पनि बताउनुभयो ।

‘अहिले भर्खरका पनि घटनाक्रमहरू छन् नि। सम्मानित सर्वोच्च अदालतको फैसलाले अहिले हाम्रो गृहमन्त्री उहाँले राजीनामा गर्नुपर्ने अवस्था भयो नि,’ उहाँले भन्नुभयो,‘ यी सबै घटनाक्रमहरूलाई स्वभाविक हुन्।

जनताले बनाएको यो संविधान अन्तरगत हामी राजनीतिक दलहरूलाई यसलाई एउटा टुंगोमा पुर्‍याउन सक्षम छौं। पुर्‍याउँछौं। यसमा अलिकति पनि आत्तिनुपर्ने चिन्ता गर्नुपर्ने कुरा छैन।’

उहाँले यसरी सिर्जना हुन सक्ने अवस्थालाई नै मध्यनजरमा राखेर संविधान बनाएको बताउनुभएको थियो ।

‘यस्ता कुराहरु उत्पन्न हुन्छन्। त्यो अवस्थालाई हामी सम्बोधन गर्छौं भनेर सोचेरै यो संविधान बनाइएको हो। मिश्रीत निर्वाचन प्रणाली अपनाउँदा कसैको बहुमत नआउन सक्छ भनेर हामीले पहिले नै सोचेर संविधान बनाएको हो। त्यसैले यो चिन्ताको विषय होइन,’ उहाँले भन्नुभयो ।

सम्बन्धित खबरहरु