काठमाडौं । शाहरुख खान, दीपिका पादुकोणअभिनित बहुप्रतिक्षित चलचित्र 'पठान' ले ३ दिनमा विश्वभरबाट ३ सय करोड भारतीय रुपैयाँभन्दा बढी कमाएको छ ।

यशराज फिल्म्सका अनुसार हिन्दी भर्सनले रिलिजको तेस्रो दिन ३८ करोड भारतीय रुपैयाँ कमाएको हो । अन्य भाषाबाट १ करोड २५ लाख कमाइ भएको फिल्म्सले जनाएको छ ।

जनवरी २५ मा 'पठान' हिन्दीका साथै तमिल र तेलुगू भाषामा रिलिज भएको थियो । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार 'पठान'ले विश्वभरबाट पहिलो दिन १०६ करोड र दोस्रो दिन ११३ करोड रुपैयाँ कमाएको छ ।

तीन दिनमा चलचित्रले घरेलु बजारमा २०१ करोड र भारतबाहिर ११२ करोड कमाएको छ । अहिलेसम्म चलचित्रले ३१३ करोड भारतीय रुपैयाँ कमाएको बलिउडका ट्रेड एनालिस्ट तरण आदर्शले जनाएका छन् । यो अहिलेसम्मकै उच्च हो ।

इन्डियन एक्सप्रेसका अनुसार विश्वका १ सयभन्दा बढी देशका करिब ८ हजार स्क्रिनमा 'पठान' प्रदर्शन भएको छ । पठानले विभिन्न रेकर्डसमेत तोडेको छ ।

'पठान' एक दिनमा ७० करोड कमाउने पहिलो हिन्दी चलचित्र बनेको छ । यशराज ब्यानरमा बनेको फिल्ममध्ये बक्स अफिस कलेक्सनमा ५० करोड नघाउने तेस्रो फिल्म हो । यसअघि वार ले ५३ करोड र ठग्स अफ हिन्दोस्तान ले ५२ करोड कमाएका थिए ।

सिद्धार्थ आनन्दको निर्देशनमा बनेको 'पठान' मा शाहरुख र दीपिका अलावा जोन अब्राहम, डिम्पल कपाडिया, आशुतोष राणालगायतका कलाकारको अभिनय रहेको छ ।

 

सम्बन्धित खबरहरु