काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुको सूचना अनुसार आज माघ १५ गते परीक्षा आवेदन फारम भर्ने अन्तिम म्याद छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु द्वारा लिइने ४ वर्षे स्नातक तह प्रथम वर्ष आंशिक २०७८ सालको वार्षिक परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्ने म्याद २०७९ माघ ७ गतेसम्म थियो, जुन आज १५ गतेसम्म विशेष सूचना निकालेर लम्ब्याइयो ।

कतिपय क्याम्पसहरुबाट परीक्षार्थीहरुको फारम भर्न छुट भएको भन्ने जानकारी आएकाले एक सूचना प्रकाशित गरेर सूचना प्रकाशित भएकै मितिदेखि दोब्बर दस्तुर सहित २०७९ माघ १५ गतेसम्म म्याद दिइएको थियो ।

यो मितिसम्म आवेदन भराउन र १६ गतेभित्र Online Entry गर्न सूचनामा भनिएको छ । ४ बर्षे स्नातक तह प्रथम वर्ष नियमित (२०७९) परीक्षा दिने परीक्षार्थीको हकमा एकल दस्तुरमा परीक्षा फारम भर्ने म्याद २०७९ माघको २२ गतेसम्म रहेकोपनि सूचनामा उल्लेख छ ।

सोपछिपनि दोव्वर दस्तुरमा फारम भराई सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैक भौचरसहित पठाउनुहुन सूचित गराइन्छ सूचनामा भनिएको छ ।

सम्बन्धित खबरहरु