काठमाडौं । एक नेपालीले कतारमा ८३ करोड रकम जित्नुभएको छ । कतारमा काम गर्दै आउनुभएका धनुषाका रन्जित कुमार पालले ८३ करोड रकमको चिठ्ठा जित्नुभएको हो ।

आफूले चिठ्ठामा जितेको ८३ करोड रकम हुण्डिबाट आफ्नो घर नपठाउने उहाँले जनाउनुभएको छ ।

शुक्रवार आबुधावी वीग टिकट राफल ड्रमा २३ मिलियन धिराम्स अर्थात् करिब ८३ करोड नेपाली रुपैयाँ जित्नुभएका पाल कतारको इस्ट्रन एक्सचेन्जको सनैया शाखामा कार्यरत रहनुभएको छ ।

त्यहाँस्थित पत्रकार उमाकान्त पाण्डेका अनुसार युएईको राजधानी आबुधावीमा हरेक महिनाको ३ तारिक खुल्ला गरिने ‘आबुधावी विग टिकट’ मार्फत हालसम्मकै ठुलो धनराशीको पुरस्कार कतारमा कार्यरत पालले जित्नुभएको थियो ।

बिग टिकट र्‍याफल ड्रको २ सय ४८ सिरिजमा उहाँले झन्डै ८२ करोड ७० लाख रुपैयाँभन्दा धेरैको चिट्ठा जित्नुभयो ।

पालले गएको जनवरी १६ मा यो चिट्ठा खरिद गर्नुभएको थियो । उहाँले चिट्ठा नम्बर २३२९३६ मार्फत रकम जित्न सफल हुनुभयो । उहाँ विगत सात वर्षदेखि कतारको राजधानीमा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत हुनुहुन्छ ।

रकम जितेको खबर प्राप्त गरेसँगै उत्साहित पालले सम्पूर्ण रकम नेपालमा रहेको परिवारलाई पठाउने बताएको आबुधावीबाट प्रकाशन हुने विभिन्न राष्ट्रिय सञ्चार माध्यमका अनलाइन संस्करणहरुमा समाचार प्रकाशित छ ।

बिग टिकट र्‍याफल ड्र प्रत्यक्ष प्रसारणसहित हरेक महिनाको ३ तारिक गर्ने चलन छ । सो बिग टिकटमा सहभागी हुन एउटा टिकटको मूल्य झन्डै ५ सय दिराम्स अर्थात् करिब १८ हजार नेपाली रुपैयाँ पर्छ ।

 

सम्बन्धित खबरहरु