काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह चौथो वर्षको परीक्षासम्बन्धी जरुरी सूचना प्रकाशित गरेको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा तालिका परिवर्तन गरेको हो । त्रिविका अनुसार परीक्षा स्ववियु निर्वाचनपछि हुनेछ ।

त्रिविले जारी गरेको तालिका अनुसार शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित तथा आंशिक परीक्षाहरु चैत १२ गतेदेखि सुरु हुनेछन् ।

तपाईंलाई जानकारी गराउ चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । यसअघि त्रिविले फागुन १० गतेदेखि परीक्षा सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरेको थियो ।

त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७९ सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तह चौथो वर्षको शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो कार्यक्रम प्रकाशित गरिएको छ ।’

सम्बन्धित खबरहरु