सोल, २४ माघ (रासस/सिन्ह्वा) । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले मङ्गलबार सरकारी अधिकारीहरुलाई विनाशकारी भूकम्पबाट प्रभावित टर्कीमा तत्काल सहायता पठाउन आदेश दिनुभएको छ ।

मन्त्रिपरिषद्को बैठकमा युनले दक्षिणी टर्की र सिरियामा गएको ७.८ म्याग्निच्युडको भूकम्पमा ज्यान गुमाएका ४ हजार भन्दा बढी मानिसहरूप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

दक्षिणी टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पमा परी ४ हजारभन्दा बढी मानिसको मृत्यु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

युनले आफ्ना प्रमुख कर्मचारी र राष्ट्रिय सुरक्षा सल्लाहकारलाई टर्कीका लागि आपतकालीन सहायता उपायहरू तयार गर्न निर्देशन दिनुभएको छ ।

टर्कीमा उद्धारकर्मी र चिकित्सा आपूर्तिहरू पठाउन जरुरी भएको पनि उहाँले बताउनु भएको छ । अप्ठ्यारोमा परेको टर्कीलाई दक्षिण कोरियाले सहयोग गर्नु स्वाभाविक हुने बताउँदै ठूलो मात्रामा जनधनको क्षति भएको भूकम्पलाई एउटा देशको विपद्भन्दा पनि अन्तर्राष्ट्रिय विपद्का रूपमा हेर्नुपर्ने उहाँले बताउनु भएको छ ।

प्रेस मामिलाका वरिष्ठ राष्ट्रपतिका सचिव किम युन हेले पत्रकारहरूलाई भने कि देशको अन्तर्राष्ट्रिय उद्धार टोलीका करिब ६० सदस्य टर्कीमा पठाइनेछ ।

किमले भने कि राष्ट्रपतिले सम्बन्धित मन्त्रालयहरूलाई उद्धारकर्मीहरू छिटो पठाउन आदेश दिनुभएको छ ।

सम्बन्धित खबरहरु