काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रपति निर्वाचन, सरकार सञ्चालनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिको निर्वाचन २५ फागुनमा हुँदैछ । सरकार गठनका बेला एमाले र माओवादी केन्द्रबीच प्रधानमन्त्री माओवादीले र राष्ट्रपति एमालेले लिने सहमति भएको थियो ।

तर पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने धारणा सार्वजनिक गरेपछि एमाले सशंकित छ । प्रचण्डले ओलीसँगको भेटमा राष्ट्रिय सहमति भन्नाले कांग्रेसलेपनि मत दिने उम्मेदवार एमालेले दिनुपर्ने कुरा आफ्नो भएको अर्थ लगाउनुभएको छ ।

प्रधानमन्त्रीलाई कांग्रेसले मत दिएको छ । अब राष्ट्रपतिलाईपनि दिनुपर्छ । कांग्रेसले मत दिने खालका व्यक्ति एमालेले राष्ट्रपतिको रुपमा अघि सार्नुपर्छ भेटमा ओलीसँग प्रधानमन्त्री प्रचण्डले भन्नुभयो स्रोतको दावी छ ।

ओली पुग्दा प्रधानमन्त्रीको कुर्सीमा किन बस्दैनन् प्रचण्ड ?

अध्यक्ष ओली भेट्ना जाँदा प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा बस्नुहुन्न । उहाँसँग एकै सतहमा राखिएका सोझामा बसेर कुरा गर्नुहुन्न । अरु भेटघाटमा प्रचण्ड आफ्नै कुर्सीमा बस्नुहुन्छ ।

सत्ता सञ्चालनको ठूलो दलका संसदीय दलका नेता ओली भएकाले ओलीको मर्यादा राख्नका लागि प्रचण्डले त्यसो गर्नुभएको स्रोतको दावी छ ।

ओली अहिले सरकार सञ्चालनका लागि बनेको उच्चस्तरीय संयन्त्रका संयोजक समेत हुनुहुन्छ । यो संयन्त्रले प्रधानमन्त्रीलाई नै कामका लागि सहयोग तथा निर्देश गर्दछ । तर आज भने उहाँले प्रधानमन्त्रीको कुर्सीमा नै बसेर ओलीसँग भेटघाट गर्नुभयो ।

सम्बन्धित खबरहरु