काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं माधवकुमार नेपालले साहित्य र संस्कृतिले परिवर्तनको अग्रपङ्क्तिको प्रतिनिधित्व गर्ने बताउनुभएको छ ।

 

एकीकृत समाजवादी निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ (समाजवादी)को चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सङ्गीत र साहित्य क्षेत्र नागरिकमा उत्प्रेरणा र उत्साह प्रदान गर्न केन्द्रित हुनुपर्ने बताउनुभयो ।

कला, साहित्य र सङ्गीतले समाज रुपान्तरणमा सशक्त भूमिका निर्वाह गर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले सामाजिक जीवनका यथार्थपरक घटनालाई बिम्ब बनाएर स्रष्टाले विकृतिविरुद्ध सिर्जना गर्न सकेमा समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

साहित्यले समाजका विकृति–विसङ्गतिको उजागर गर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले जनता र देशका पिरमर्कासँग जोडिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले सकारात्मक संस्कार संस्कृतिको विकास गर्न, आशावादी र आत्मविश्वास जगाउन साहित्यिक क्षेत्र क्रियाशील हुनुपर्र्ने सुझाव दिनुभयो ।

आलोकनगरस्थित पार्टी कार्यालयमा तीन दिनदेखि चलिरहेको बैठकमा संस्कृतिकर्मी, लेखक, कलाकारका सेवासुविधाका साथै अधिकारको संरक्षणका लागि आवश्यक नीतिगत विषयमा छलफल भएको थियो ।

सम्बन्धित खबरहरु