काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) को ‘मिसन ग्रासरुट’ नाम दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान यही फागुन ५ गतेबाट सुरु हुने भएको छ ।

यो पार्टी सुदृढीकरण तथा विस्तार अभियान हो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियान सुरूको दिन फागुन ५ गते १२ः१५ बजे सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअलमाध्यमबाट एकसाथ सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

अभियानलाई प्रभावकारी बनाउन मिसन ग्रासरुट अनुगमन र संयोजनमा रहेका नेताहरूको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा मंगलबार बसेको अनौपचारिक बैठकले अभियानमा खटिने सदस्यहरूको नाम टुङ्गो लगाएको छ ।

बैठकले अभियानको उद्देश्य, कार्य योजना र कार्यादेशका बारेमा पनि छलफल गरी टुङ्गो लगाएको छ । केन्द्रीय कमिटी सदस्यहरूलाई पालिका तहमा दुईमहिनाको जिम्मेवारी दिएर अभियान सञ्चालन गर्न लागिएको नेकपा एमालेले जनाएको छ । अभियानको अनुगमन र संयोजनका लागि पार्टीका उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेताहरू खटिने छन् ।

प्रदेश–१ मा
अष्टलक्ष्मी शाक्य, टोपबहादुर रायमाझी, शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्की

मधेश प्रदेश
ईश्वर पोखरेल, रघुवीर महासेठ, गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल

बाग्मती प्रदेश
सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट, काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ

गण्डकी प्रदेश
युवराज ज्ञवाली, पदमा कुमारी अर्याल, किरण गुरूङ, खगराज अधिकारी र थममाया थापा

लुम्बिनी प्रदेश
रामबहादुर थापा, छविलाल विश्वकर्मा, भीम आचार्य, भानुभक्त ढकाल र राजन भट्टराई

कर्णाली प्रदेश
सुवासचन्द्र नेम्वाङ, योगेशकुमार भट्टराई, यामलाल कँडेल, गोरखबहादुर बोगटी र शिवमाया तुम्वाहाम्फे

सुदूरपश्चिम प्रदेश
विष्णुप्रसाद पौडेल, लेखराज भट्ट, मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापा

विशेष कमिटी (केन्द्रीय कार्यालय)
शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरूङ, विष्णु रिमाल र डा. भीष्म अधिकारी

सम्बन्धित खबरहरु