काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक स्थिरताका लागि गरेको प्रस्तावमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जवाफ आएको छ । उहाँले पूर्व राजा ज्ञानेन्द्र शाह अलमलमा परेको प्रतिकृया दिनु भएको हो ।

आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीले ज्ञानेन्द्र शाहबारे यस्तो टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीका अनुसार ज्ञानेन्द्रलाई आफ्नो वरिपरि २–४ जना मानिस देख्ने वित्तिकै पुरानै झल्को आउने गर्दछ ।

उहाँले भन्नुभयो, ‘ज्ञानेन्द्र जी आफैं अलमलमा हुनुहुन्छ, अझै पनि त्यो पुरानो झल्को उहाँलाई आइराख्छ ।’ ओलीले अगाडि भन्नुभयो, ‘२–४ जना मान्छे वरिपरि देख्यो भने त्यो झल्कोले जोस्याउँछ ।’ सहकार्यबारे बोल्दै उहाँले कोसँग केसँग सहकार्य ? भन्दै प्रश्न पनि गर्नुभयो ।

ओलीका अनुसार पूर्वराजा राजनीतिमा हिँडिरहनु भएको छ । जनताले शासन हातमा लिएको १५ वर्ष मात्र भएको भन्दै ओलीले २४० वर्ष भन्दा बढी देश चलाउँदा कहाँ पुगेको थियो भन्ने प्रश्न समेत गर्नुभयो ।

सम्बन्धित खबरहरु