काठमाडौं । झण्डै ४५ जना सवार बस दुर्घटनामा परेको छ । पोखराको बेगनास–पोखरा सडकखण्डमा बस दुर्घटना भएको हो । जानकारी अनुसार करिब ४५ जना सवार रहेको ग २ ख ६७४७ नम्बरको बस दिउँसो दुर्घटनाग्रस्त भएको हो ।

जानकारी अनुसार डाँडाको नाक प्रहरी चौकी क्षेत्रमा पर्ने शिशुवा नजिकै बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी गरायो । दुर्घटनाका घाइतेलाई उद्धार गर्ने क्रम चलिरहेको छ । सोहीकारण थप जानकारी आउन सकेको छैन् । बस बेगनास तालबाट पोखरातर्फ जाँदै गरेको थियो ।

सम्बन्धित खबरहरु