काठमाडौं । उत्तर कोरियाले शनिवार "अप्रत्याशित" अभ्यासका रूपमा एक अन्तर महादेशीय बलिस्टिक क्षेप्यास्त्र आईसीबीएम प्रहार गर्दै उक्त हतियारको विश्वसनीयता पुष्टि गरेको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

६७ मिनेटसम्म उडेपछि ९०० भन्दा धेरै किलोमिटर पर 'सी अफ जापान'मा उक्त क्षेप्यास्त्रलाई खसालिएको थियो।

प्योङ्याङले उक्त परीक्षणमार्फत त्यस क्षेप्यास्त्र अमेरिका र दक्षिण कोरियाजस्ता विरोधी पक्षसँग जुझ्न सक्षम भएको देखाएको जनाएको छ।

यो अर्को महिना वासिङ्टन र सोलबीच हुने संयुक्त अभ्यासहरूअघि भएको हो।

ती सैन्य अभ्यासहरू उत्तर कोरियाका बढ्दो परमाणु जोखिम सामना गर्ने गरी तय गरिएका छन्।

प्योङ्याङका अधिकारीकाहरूले त्यस्ता कुनै अभ्यासहरूविरूद्ध "अभूतपूर्व रूपमा कडा" प्रतिरोध गर्ने धम्की दिएका छन् जसलाई उनीहरूले उत्तर कोरियामा अतिक्रमण गर्ने तयारीका रूपमा बुझेको बताएका छन्।

शनिवार सबेरै उत्तर कोरियाली नेता किम जङ-अनकी बहिनी किम यो-जङले पुन: यसलाई दोहोर्‍याएकी थिइन्।

उनले जुन कुनै शत्रुतापूर्ण कार्यहरूको "कडा र भयानक" जवाफहरू हुने बताइन्।

उनले अमेरिकालाई उत्तर कोरियाली शासनलाई "खतरा"मा पार्ने खालका गतिविधिहरू बन्द गर्न आह्वान गरिन्। बीबीसी

सम्बन्धित खबरहरु