काठमाडौं। आज करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । प्रहरीको केन्द्रीय मुख्यालयले दिएको सूचना अनुसार सिन्धुपाल्चोक र दार्चुलामा करेन्ट लागेर २ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ बगरखोलास्थि गुम्बा गाउँमा हाइड्रोपावरमा काम गर्ने एक मजदुरको करेन्ट लागेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्दियाको गुलरिया नगरपालिका ८ घर भएका सरोज थारु रहेका छन् । गुम्बा गाउँनजिकै ११ हजार भोल्टेजको हाइटेशन लाइन बनाउने क्रममा शनिबार साँझ उनको करेन्ट लागेर मृत्यु भएको प्रहरीको भनाई छ ।

त्यस्तै दार्चुलामा पनि करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको मार्मा गाउँपालिका–३ नलबगडमा कैलाली लम्किचुहा नगरपालिका–३ कर्णाली चिसापानी बस्ने २३ वर्षीय लिला थापाको करेन्ट लागेर मृत्यु भएको हो । थापा से १ क ११३० नम्बरको टिपरका चालक हुन् । टिपरले सडकमा माटो फाल्ने क्रममा ढालाको भाग विद्युतको तारमा छुन जाँदा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका टिपरका सहचालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित खबरहरु