काठमाडौं । भर्खरै मात्र बाहिरिएको एक भिडियोले संसारमा नै तरंग आएको छ । रानीहरु नै यौनकर्मी ?

यो प्रश्नले भूइचालो ल्याएको छ । बलिउड अभिनेता सञ्जय लीला भन्सालीको फिल्मले तरंग ल्याएको हो । बाजीराव मस्तानी, हम दिल दे चुके सनम, देवदास जस्ता हिट फिल्महरुले भन्सालीलाई शिखरमा पुर्यायो ।

उनी निर्देशित पछिल्लो फिल्म आलिया भट्ट अभिनित ‘गंगुबाई काठियावाडी’ हिट भयो र दर्शकले पनि प्रशंसा गरे । फिल्मले घरेलु बक्स अफिसमा मात्रै होइन अन्तर्राष्ट्रिय स्तरमा पनि राम्रो प्रदर्शन गर्‍यो ।

अब सबैको नजर उनको अर्को प्रोजेक्ट ‘हीरामण्डी’माथि छ । यो सिरिज घोषणा भएदेखि नै फ्यान भव्यताको अनुभव गर्नको लागि व्यग्र प्रतिक्षामा छन् । निर्माताले यो सिरिजको सुन्दर र भव्य संसारको झलक सार्वजनिक गरेका छन् । सिरिजमा नेपाली अभिनेत्री मनिषा कोइराला शीर्ष भूमिकामा छिन् ।

भन्सालीले दर्शकलाई यस्तो संसारमा लैजान्छन् जहाँ यौनकर्मीहरु रानी थिए । रानीहरु नै यौनकर्मीपनि थिए । सिरिजका कलाकारलाई लिएर धेरै अड्कलबाजी गरिएको थियो । फस्टलुक सार्वजनिक भएपछि सबैको अनुमानलाई यसले स्पष्ट पारेको छ ।

टिजर मनिषा कोइरालाबाट सुरु हुन्छ, सबै सजिएका र परम्परागत पोशाकमा शाही चरित्रमा देखिएका छन् । सोनाक्षी सिन्हा, अदिती राव हैदरी, ऋचा चड्ढा, शर्मिन सेगल, सञ्जीदा शेख सबै आकर्षक देखिन्छन् । यो टिजर सेयर गर्दै निर्माताले लेखेका छन्, ‘अर्को समय र अर्को युग, भन्सालीले बनाएको अर्को जादुयी संसार जसको हिस्सा बन्न हामी पर्खन सक्दैनौं । यहाँ हीरामण्डीको सुन्दर र चाखलाग्दो संसारको एक झलक ।’

भन्सालीको महत्वाकांक्षी प्रोजेक्ट मानिएको हीरामण्डीमा उनले सबै काम गरिरहेका छन् ।

फिल्मसिटीमा ‘गंगुबाई काठियावाडी’को सेट जहाँ बनाइएको थियो, त्यहीं नै हीरामण्डीको ठूलो सेट बनाइएको थियो । निर्माण लगभग पूरा भएको छ । यसमा संगीत कथाको महत्वपूर्ण भाग बन्न गइरहेको छ र उनीहरूले यसका लागि काम पूरा गरिसकेका छन् ।

https://www.youtube.com/shorts/3S78Ks-P988

सम्बन्धित खबरहरु