काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारीको प्लाटिलेट्सको मात्रा बढेको छ ।

ग्यास सिलिण्डरबाट ग्यास चुहिएर कोठामा आगो लाग्दा जलेर गम्भीर घाइते हुनुभएका भण्डारीको अहिले भारतमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक डा. मुकेश मिश्रा र डा. सिद्धार्थ केशवानीका अनुसार भण्डारीको प्लाटिलेट्सको मात्रा बढेको हो ।

पिसाबको मात्रा पनि सामान्य रहेको जनाइएको छ । एक्सरेको तल्लो भाग हल्का अस्पष्ट रहे पनि ज्वरो छैन् । साथै, नेता भण्डारीको सबै अङ्गहरुले सामान्य काम गर्न थालेका छन् । कृत्रिम अक्सिजन बन्द गरी परीक्षण गरिएको थियो ।

खाना पकाउने ग्यास चुहिएर भएको आगलागीबाट घाइते भएका सांसद भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार जारी छ । सोही घटनामा पर्नुभएकी आमा हरिकलाको भने निधन भैसकेको छ ।

सम्बन्धित खबरहरु