काठमाडौं । माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । अपराह्न ४:३० मा बस्ने बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल हुने छ । माओवादी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले आजको पदाधिकारी बैठकमा राष्ट्रपति निर्वाचन सम्बन्धमा अहिलेसम्म अरू दलहरूसँग भएको छलफलका बारे कुराकानी जानकारी गराउनुभयो ।

राष्ट्रपति निर्वाचनको मनोनयन नजिकिसँगै माओवादी छलफलमा जुटेको हो । उपाध्यायका अनुसार राष्ट्रपतिका सम्बन्धमा अरू दलहरूसँग भएको छलफलका बारेमा छलफल गर्दै कसरी जाने भन्ने विषयमा छलफल गरिनेछ । माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिमा जोड दिँदै आएको छ ।

नेकपा एमालेभन्दा बाहिरबाट राष्ट्रपति बनाउनुपर्छ भन्ने सोच प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति यही फागुन २५ गतेलाई तोकेको छ । राष्ट्रपतिका लागि एमाले र कांग्रेस मैदानमा छन् ।

सम्बन्धित खबरहरु