काठमाडौं । फेसबुक र इन्स्टाग्रामको कम्पनी मेटाका प्रमुख मार्क जुकरबर्गले ट्विटरका प्रमुख एलोन मस्कलाई पछ्याएका छन् ।

मस्कले केही समयअघि ब्लू टिक अर्थात् भेरिफाइड ह्यान्डलको सुविधामा शुल्क लगाएका थिए । यो सेवा विश्वका धेरै देशमा सुरु भएको छ । यसमा तपाईंले पैसा तिरेर आफ्नो ट्विटर ह्यान्डलको लागि निलो टिक (प्रमाणित चिन्ह) प्राप्त गर्न सक्नुहुन्छ ।

अब यस्तै सुविधा फेसबुक र इन्स्टाग्राममा पनि उपलब्ध हुने भएको छ । फेसबुक र इन्स्टाग्रामको कम्पनी मेटाका प्रमुख मार्क जुकरबर्गले यो घोषणा गरेका हुन् । मार्क जुकरबर्गले भनेका छन्, ‘हामी फेसबुक र इन्स्टाग्रामका लागि मेटा भेरिफाइड सेवाको परीक्षण सुरु गर्दैछौं ।

यस सेवा अन्तर्गत, तपाईंको खाता आधिकारिक आईडी अन्तर्गत प्रमाणित गरिनेछ । यससँगै तपाईंको पहुँच पनि बढ्नेछ ।’

जानकारी अनुसार मेटाले अष्ट्रेलिया र न्यूजील्याण्डबाट यो सुविधाको परीक्षण सुरु गर्न लागेको छ । कम्पनीले मेटा भेरिफाइ फिचर छिट्टै सबैतिर ल्याउने जानकारी गरायो ।

नक्कली आईडी रोक्न सकिनेछ

  • तपाईले चाहानु भएको बेला फेसबुकसँग कुरा गर्न सकिन्छ
  • पहुँच बढ्नेछ, धेरै मानिसहरूमा पुग्न सक्षम हुनुहुन्छ
  • केहि सुविधाहरू जुन मेटा प्रमाणित प्रयोगकर्ताहरूले मात्र पाउनेछन्
  • यो सुविधा वेबमा १२ डलर प्रति महिना पर्नेछ
  • साथै, यो सुविधा आईओएस र एन्ड्रोइडमा प्रति महिना डलर १५ मा किन्न पाइनेछ ।

सम्बन्धित खबरहरु