काठमाडौं । कहिलेकाँही ‘खानालाई माड छैन हग्नलाई सुनको चर्पी भन्याजस्तो’ भैदिन्छ । अहिले पाकिस्तान यो अवस्थाबाट गुज्रनु परेको छ ।

पाकिस्तान यतिबेला गम्भीर प्रकारको आर्थिक संकट झेलिरहेको छ । भोकमरी, गरिबी, बेरोजगारी, अशिक्षाजस्ता तमाम समस्या पाकिस्तानसँग छन् ।

उसो त हरेक देशमा समस्या नहुने होइनन् । यसबीच पाकिस्तान कसैलाई सहयोग गर्न भनेर अगाडि आयो । तर त्यसपछि जे भयो त्यो राम्रो भएन् ।

हामी सबैलाई थाहा छ टर्की र सिरियामा फेब्रुअरी ६ मा विनाशकारी भूकम्प गएको थियो । ४६ हजार भन्दा धेरै मान्छे मरे भने सोही संख्यामा घरबारविहीन पनि भएका छन् ।

त्यसपछि विश्वका धेरै देशले पीडितलाई सहयोग गर्न टर्कीमा राहत सामग्री पठाए । यस्तो अवस्थामा पाकिस्तान कसरी पछाडि रहन सक्छ ? पाकिस्तान, जसलाई टर्कीले आफ्नो मित्र नभएर भाई मान्छ ।

विश्वभर पनि पाकिस्तानलाई टर्कीले धेरै पटक सघाएको छ । गत वर्ष पाकिस्तानमा आएको बाढीपछि पनि टर्कीले राहत सामग्री पठाएको थियो । यस्तो अवस्थामा भूकम्पपछि पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ पीडामा मल्हम लगाउन टर्की पुगेका छन् ।

फेब्रुअरी १६ मा उनले टर्कीका राष्ट्रपति रजब तय्यब एर्दुगानलाई भेटेर सहयोग पठाउने घोषणा गरेका थिए । त्यसको दुई दिनपछि पाकिस्तानले टर्कीमा राहत सामग्री पठायो ।

सामान जहाजबाट आयो, त्यसपछि खोल्दा जे भयो सायद दुवै देशले कल्पना समेत नगरेको हुनुपर्छ । जब राहत खुल्यो पाकिस्तानको घोर अपमान भयो । टाइम्स अफ इन्डियाका अनुसार पाकिस्तानले टर्कीलाई त्यो राहत सामग्री दियो, जुन उसले बाढीको समयमा टर्कीबाट पाएको थियो । पाकिस्तानी पत्रकार शाहिद मसूदले टिभीमा लाइभ कुराकानीका क्रममा यो खुलासा गरेका हुन् ।

उनले भने,‘सिन्धबाट टर्कीमा जति पनि सामान पठाइएको छ, त्यसमा सिन्ध सरकार र पाकिस्तान सरकारको ट्याग टाँसिएको छ । त्यसलाई खोल्दा त्यसभित्र त्यहीँ वस्तु रहेको भेटियो जुन पाकिस्तानमा बाढी आएपछि टर्कीले पठाएको थियो ।’

त्यस शोमा उनीसँगै पाकिस्तानी महिला पत्रकार पनि थिइन् । यो कुरा थाहा पाएपछि उनी छक्क परिन् । केही समयपछि उनले यो लाजमर्दो कार्य भएको बताए । यसरी सहयोग पठाउनु भन्दा नपठाएको भए राम्रो हुने उनीहरुको तर्क छ ।

सम्बन्धित खबरहरु