काठमाडौं । सन् १९९२ मा बेलायतको हेड्रियन्स पर्खाल क्षेत्रमा रहेको रोमन किल्लामा काठको एक टुक्रा भेटिएको थियो ।

त्यो लगभग २००० वर्ष पुरानो भएको बताइन्छ । काठको यो टुक्रालाई पहिले सिलाई उपकरण हो भनेर विश्वास गरियो ।

तर, अब अनुसन्धानकर्ताहरुले यो सिलाई मेसिन नभएर सेक्स टोय हुन सक्ने दाबी गरेका छन् । यस सम्बन्धमा एउटा अनुसन्धान जनवरी १९ मा एन्टिक्युटी जर्नलमा प्रकाशित पनि भएको छ । जानकारी अनुसार यो काठको टुक्रा भिन्डोल्याण्डको रोमन किल्लाभित्र केही जुत्ता र कपडा नजिकै थियो ।

जसकारण यसलाई सिलाईमा प्रयोग गरिएको हुनसक्ने अनुमान गरियो । तर, अनुसन्धानकर्ताहरूले यसलाई त्यसबेला सेक्स टोयका रूपमा प्रयोग भएको हुनसक्ने तर्क गरेका छन् । काठको सो औजार लिंग आकारमा छ । यो लगभग ६.३ इन्च लामो छ ।

अध्ययनका सह–लेखक न्युक्यासल विश्वविद्यालयका वरिष्ठ व्याख्याता रोब कोलिन्सले सीएनएनलाई भने, ‘यो सेक्स टोय हो भन्ने सम्भाव्यता छ । यदि त्यसो हो भने, यो रोमन संसारबाट पहिलो उदाहरण हुनेछ ।’

उनले थपे, ‘यसबाट हामीले अचम्म मान्नुपर्दैन । हामीलाई रोमन कला र साहित्यबाट थाहा हुन्छ कि त्यसबेला यौन खेलौनाहरू थिए । हामीले अहिलेसम्म कुनै पुरातात्विक प्रमाण फेला पारेका छैनौं ।’

विज्ञहरूका अनुसार काठको यो टुक्रा दुवैतिरबाट चिल्लो हुन्छ । यसको एक भाग मसला पीस्नको लागि पनि प्रयोग गर्न सकिन्छ । अनुसन्धानकर्ताहरूले मानिसहरूलाई यातना दिन प्रयोग गरिएको हुनसक्ने आशंका पनि व्यक्त गरेका छन् । यसलाई विन्डोल्याण्ड कोषको संग्रहालयमा राखिएको छ ।

सम्बन्धित खबरहरु