गण्डकी । पोखरामा विस्फोटक पदार्थ खेलाउँदा पड्किएर दुई बालक घाइते भएका छन् ।

पोखरा महानगरपालिका–३३ ठूलढुंगाका दुई बालकले वनमा भेट्टाएको विस्पोटक पदार्थ घरमा लगेर खेलाउँदा घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञान खड्काका अनुसार १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ घाइते भएका छन् ।

प्रहरीका अनुसार उनीहरुले वनमा भेट्टाएको विस्फोटक पदार्थलाई घरमा लगेर किला ठोक्दा पड्किएको थियो । दुवैको हात र खुट्टामा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

अहिले उनीहरुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी अस्पतालमा उपचारका लागि लगिएको छ । वनमा उक्त विस्फोटक पदार्थ कसरी पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित खबरहरु