काठमाडौं । राष्ट्रपतिमा माधवकुमार नेपालको चर्चा जारी रहेका बेला नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक डाकेको छ । बैठक बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

बैठकबारे जानकारी गराउँदै महासचिव डा. बेदुराम भुसाल पार्टी अध्यक्ष नेपालले अहिलेसम्म गरेका भेटवार्ता र विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्ने एजेण्डा तय भएको छ । आजको बैठकबाट राष्ट्रपतिको निर्वाचनबारे निर्णय गरेर अगाडि बढ्ने पनि भुसालले बताउनुभयो ।

अध्यक्ष नेपाललाई नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको छ । एमालेको प्रस्तावलाई सबैतिर चासोका साथ लिइएको छ । तर एकीकृत समाजवादीले अहिलेसम्म यसबारे कुनै निर्णय गरिसकेको छैन् ।

सम्बन्धित खबरहरु