काठमाडौं । बलिउड गायक सोनु निगममाथि हातपात भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार भारत, मुम्बईमा एक कार्यक्रममा सेल्फी लिन खोज्दा यो घटना भएको हो । त्यस क्रममा सोनु निगमलाई फ्यानले हातपात गरेका हुन् ।

घटना राति ११ बजे तिरको हो । गायक निगम मुम्बईको चेम्बुरमा आयोजित संगीत समारोहमा सहभागी हुन गएका थिए । एक प्रहरी अधिकारीले भनेका छन्, ‘जब सोनु निगम कार्यक्रम सकिएपछि निस्कदै थिए, फ्यानहरूको एउटा समूह सोनु निगमतर्फ अघि बढ्यो, त्यसपछि उनका स्टाफले फ्यानहरूलाई रोके ।’

निगमले पनि यसबारे समाचार एजेन्सी एएनआईसँग कुरा गरेका छन् । एएनआईका अनुसार सोनु निगमले भने, ‘कन्सर्ट सकिएपछि म स्टेजबाट तल ओर्लिरहेको थिएँ, स्वप्निल प्रकाश नामका व्यक्तिले मलाई समात्यो । मलाई बचाउन आएका हरि र रब्बानीलाई पनि त्यो मान्छेले धकेल्यो । म सिढीमा खसे ।’ मानिसहरूले अबदेखि सचेत हुन् भनेर आफूले उजुरी दिएको पनि उनले स्पष्ट पारेका छन् । सोनु निगमको उजुरीमा मुम्बई प्रहरीले पनि आफ्नो प्रतिक्रिया दिएको छ ।

एएनआईका अनुसार जोन ६ का डीसीपी हेमराज सिंह राजपूतले भने, ‘सोनु निगमलाई स्वप्निल नामका एक व्यक्तिले स्टेजबाट ओर्लँदै गर्दा समातेका थिए । सोनु निगमले सेल्फी दिन अस्वीकार गरेपछि उनले निगमसँगै अन्य दुई जनालाई सिँढीबाट तल धकेले । एक जना घाइते छन् ।’ प्रहरीका अनुसार यो घटना नियतवश नभएजस्तो देखिन्छ । एफआईआरमा एउटा मात्र नाम छ ।

प्रहरीका अनुसार यो एउटा यस्तो घटना हो, जहाँ आरोपीले सेल्फी खिचाउने नियतले गायकलाई समातेका हुन सक्छन् । सोनु निगम एक प्रसिद्ध भारतीय गायक हुन्, जसले धेरै भारतीय भाषाहरूमा गीत गाएका छन् । निगमले धेरै प्रतिष्ठित पुरस्कार र सम्मान पनि प्राप्त गरिसकेका छन् ।

सम्बन्धित खबरहरु