काठमाडौं । सामाजिक सञ्जालमा भाइरल हुन भनेर मान्छेहरु अचेक अनेक गरिरहेका हुन्छन् । यसबीची ससुरा र बुहारीको एक भिडियोले सामाजिक सञ्जालमा हंगामा मच्चाएको छ । वास्तवमा उनीहरुको नृत्य सामाजिक सञ्जालमा भाइरल भयो ।

त्यो नृत्यलाई धेरै मानिसहरुले रुचाएका छन् । सो नृत्य हेरेपछि सामाजिक सञ्जालमा धेरै प्रतिकृयाहरु आएका छन् । इन्टरनेट प्रयोगकर्ताहरूले उनीहरु एकदमै राम्रो ससुरा–बुहारी भएको भन्दैछन् । सामाजिक सञ्जालमा दिनहुँ धेरै राम्रा भिडियोहरू देख्न सकिन्छ । केही भिडियो हामीलाई पनि राम्रो लाग्छ ।

अहिले ससुराका अगाडि नाँच्ने कुरा बुहारीका लागि असहज हुँदैन् । यो यो भिडियो हेरेपछि धेरैले आफूमा परिवर्तन ल्याउनेछन् । भिडियोमा ससुरा र बुहारीको जोडी एक गीतमा नाचिरहेको छ । यो डान्स देखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरु निकै खुसी भएका छन् ।

वास्तवमा, यो भिडियो इन्स्टाग्राममा भाइरल छ । भिडियोसँगै एउटा सुन्दर कथा साझा गरिएको छ, जुन सबैले पढ्दा राम्रो हुन्छ । ससुरा भन्छन्, ‘छोरा रोहनले तन्वीसँग परिचय गराएपछि उनी छोराको प्रेमिका हुन् भन्ने बुझेँ । उनी अलिकति लजालु थिइन्, तर म मेरो छोरालाई चिन्छु ।

तन्वी हाम्रो परिवारका लागि उपयुक्त छिन् । पहिलो भेटमै उनले मेरो खुट्टा छोइन्, म निकै खुसी भएँ । त्यो दिन हामी सँगै बस्यौं, खाना खायौं र रमाइलो गर्‍यौं । यो सम्बन्धको सुरुवात थियो ।’ ससुरा, तन्वीलाई बुहारीका रुपमा पाएर निकै खुसी भएको बताउँछन् । विवाहको तयारीमा कडा मेहनत गरेको कुरा उनलाई अझैं स्मरण हुन्छ ।

उनले तन्वीका बुवासँग बसेर छोरा–बुहारीको बिहे गर्ने ठाउँबारे टुंगो लगाएका थिए । उनी भन्छन्, ‘विवाहपछि तन्वी हामीसँगै बस्न थालिन् । सँगै हामी धेरै खुसी छौं । म उनलाई बुहारी होइन छोरी मान्छु । हामी दुबैले धेरै रमाइलो गर्छौं ।’ तन्वीका कारण घरमा चहलपहल बढेको कुरा पनि उनले जानकारी गराए ।

सम्बन्धित खबरहरु