काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका लागि दुई नाम अगाडि सार्नुभएको छ । ओलीले माधवकुमार नेपाल र सुवास नेम्वाङको नाम प्रस्ताव गर्नुभएको हो ।

बुधबार बिहान प्रधानमन्त्री एवं माओादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको लामो छलफलमा ओलीले राष्ट्रपतिका लागि दुई नेताको नाम अघि सार्नुभयो ।

ओली निकट स्रोतका अनुसार एकीकृत समाजवादीका अध्यक्ष नेपाल सबैको साझा हुने उहाँको विश्वास छ । प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग सल्लाह गरेर जवाफ दिने जवाफ दिनुभयो ।

सम्बन्धित खबरहरु