काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ । नेपाल निवास कोटेश्वर पुग्नुुभएका नवनियुक्त राजदूत सोङ्गलाई अध्यक्ष नेपालले स्वागत गर्दै कार्यकालको शुभकामना दिनुभयो ।

भेटमा नेपाल चीन सम्बन्ध र द्धिपक्षीय हितका बिषयमा कुराकानी भयो । आजै प्रधानमन्त्री प्रचण्डलाई भेट्न राजदूत सङ बिहान बालुवाटार पुग्नु भएको थियो । केही दिन अगाडि मात्रै चिनियाँ राजदूत सङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नु भएको थियो ।

सम्बन्धित खबरहरु