भक्तपुर । चाँगुनारायण नगरपालिका–८ रातोपाटीमा बर्डफ्लु देखिएको छ ।

बुधबार चाँगुनारायण पोल्ट्री एन्ड ह्याचरी उद्योग प्रालि, अर्जुन गिरी पोल्ट्री फार्म, आदित्य पोल्ट्री फार्ममा बर्डफ्लु देखिएपछि कुखुरा, चल्ला, दाना र अण्डा नष्ट गरिएको छ ।

पशु विभागको चिकित्सक डा. श्रीजा वाग्ले, पशुसेवा विभागका प्राविधिक आत्माराम शर्मा, चाँगुनारायण नगरपालिकाको पशुपन्छी सेवा विकास शाखाको कर्मचारी, जनप्रतिनिधि, प्रहरीलगायतको उपस्थितिमा कुखुरा १० हजार ४८० वटा, चल्ला १ हजार ५० वटा, १ हजार ४७५ दाना र ४ हजार ५२३ वटा अण्डा नष्ट गरेको जनाएको छ ।

सम्बन्धित खबरहरु