काठमाडौं । एमालेको राष्ट्रपति नभए एमाले सरकारमा नबस्ने भएको छ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले यस्तो बताउनु भएको हो ।

 

उहाँका अनुसार एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति नभएमा पार्टी सत्ता गठबन्धनबाट बाहिरिन्छ । पुस १० गते वर्तमान सत्ता साझेदार सात दलहरुबीच भएको सहमतिअनुसार एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुनुपने उहाँको तर्क छ ।

एमालेले सञ्चालन गरेको पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गतको दुईमहिने ‘मिसन ग्रासरुट’ कार्यक्रमको सन्दर्भमा जिल्ला आएका बेला बिहीबार प्रेस चौतारी नेपाल रुकुम पश्चिमले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो कुरा उल्लेख गर्नुभयो ।

सम्बन्धित खबरहरु