काठमाडौं । राष्ट्रपति नेपाली कांग्रेसलाई दिन सहमत भएको हल्लाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ ।

दुई नेताबीच भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । उहाँहरुले राष्ट्रपति चयनका बारेमा कुराकानी गरिरहनु भएको छ । चार दलसँग शुक्रबार नै तीन घण्टा छलफल गर्नुभएका प्रधानमन्त्री दाहालले अध्यक्ष ओलीसँग भेटवार्ता गर्नुभएको हो ।

आज बेलुका पाँच बजे चार दल (नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी) को बैठक बस्दैछ । त्यो बैठकअघि प्रचण्डले ओलीसँग छलफल गर्नुभएको छ । दाहालसँग भेट्न ओली संसद भवनबाट बालुवाटार तर्फ लाग्नुभएको हो ।

संसद भवनबाट बाहिरिँदै गर्दा ओलीले शनिबार एमालेको तर्फबाट राष्ट्रपति उम्मेदवारमा मनोनयन हुने प्रतिकृया जनाउनु भएको थियो । एमालेबाट राष्ट्रपति उम्मेदवार हुन्छ भन्ने कुरा पुस १० गते नै तय भएको कुरा पनि ओलीले स्मरण गराउनुभयो ।

सम्बन्धित खबरहरु