काठमाडौं । मेयर बालेन साह लण्डन जानुहुने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर साह लण्डन जान लाग्नु भएको हो । जानकारी अनुसार उहाँ ‘हेल्दी सिटी समिट’ मा सहभागी हुनका लागि जाँदै हुनुहुन्छ ।

महानगरपालिकाका अनुसार मेयर साहको लण्डन भ्रमणबारे बिहीबारको कार्यपालिका बैठकमा प्रस्ताव पेश भएको थियो । महानगरकाअनुसार ३० फागुनदेखि ३ चैतसम्म लण्डनमा उक्त समिट आयोजना हुँदैछ ।

मेयर साहको वैदेशिक भ्रमणको अनुमति मन्त्रिपरिषद्‍ बैठकले स्वीकृत गर्नुपर्छ । कार्यपालिका बैठकले पारित गरेको मेयर शाहको भ्रमणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पठाइने प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु