काठमाडौं । बजारमा प्याजको भाउ कुनैबेला निकै चर्को हुन्छ । तर कुनैबेला भाउ यति तल र्झछ कि किसानले लागत मूल्यको शून्य बराबर प्रतिफल पनि पाउँदैनन् । यो विडम्बना सत्य हो ।

पछिल्लो समयमा भारतमा प्याजको मूल्यमा भारी गिरावट आउँदा किसानहरु यस्तो पीडाबाट गुज्रिरहेका छन् । महाराष्ट्रका किसानहरू झनै पीडित छन् ।

महाराष्ट्रको सोलापुरमा एकजना किसानको दर्दनाक पीडा हालै सार्वजनिक भएको छ । सोलापुर र उस्मानावादको सीमानामा दिनरात मेहेनत गरेर उब्जाएका ५१२ किलो प्याज बिक्री गर्दा उनले जम्मा २ भारु रकम मात्रै पारेका छन् ।

स्थानीय किसान तुकाराम चव्हाणले आफ्नो २ एक्कड खेतमा हजारौं रुपैयाँ खर्च गरेर उब्जाएको ५ क्विन्टलभन्दा बढी प्याज बेचेर जम्मा २ रुपैयाँ भारु बँचाएका छन् ।

वास्तवमा उनले प्रतिकिलो १ भारुमा प्याज बेच्न बाध्य भए । गाडीभाडा तथा अन्य सबै लागत खर्च कटाउँदा ५ क्विन्टल प्याजको जम्मा २ भारु मात्रै बचत भयो । ऋणले डुबेका तुकाराम त्यो घटनाबाट मर्माहत बने र आँशु झारे । एजेन्सी

 

सम्बन्धित खबरहरु