काठमाडौं । परीक्षा सम्बन्धी त्रिभुवन विश्वविद्यालयले जरुरी सूचना प्रकाशित गरेको छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले महत्वपूर्ण सूचना जारी गरेको हो । त्रिविले ग्रेडिङ सिस्टम अनुसार संचालन हुने स्नातकोत्तर तह गणित विषय दोश्रो वर्ष चौथो शत्र २०७६ समूहको परीक्षा तालिका सम्बन्धी सूचना जारी गरेको हो ।

त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्धारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार २०७९/०८० सालमा संचालन हुने स्नातकोत्तर तह गणित विषय दोश्रो वर्ष चौथो शत्र २०७६ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षा निम्न लिखित परीक्षा तालिका अनुसार संचालन गरिने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सम्बन्धित खबरहरु