काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सत्ता गठबन्धनमा नयाँ अनुहार देखिएको छ ।
आठ दलको बैठकमा पत्रकार ऋषि धमलाकी श्रीमती नायिका एलिजा गौतम पनि देखिएकी छिन् । यो देखेपछि अधिकांश मानिसहरु चकित सामाजिक सञ्जालमा लेखिरहेका छन् ।
एलिजा गौतम केही दिनअघि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरकी थिइन् । उनलाई रेशम चौधरीकी श्रीमती नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीमा स्वागत गरेकी थिइन् ।
उनी प्रधानमन्त्री प्रचण्डलाई दलीय समर्थन दिलाएर साथी बन्ने दाउमा छिन् । यसका लागि धमलाले राम्रो कसरत गरिरहेको स्रोतको दावी छ ।
चलचित्र क्षेत्रमा असफल बनेपछि अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी हुन्।
भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले गौतमलाई पार्टी प्रवेश गराएकी थिइन् ।
उक्त दलले लिएको विचारबाट प्रभावित भएर आफू पार्टीमा प्रवेश गरेको गौतमको भनाई छ ।
‘मलाई देशका पुराना दलबाट पनि ती पार्टीमा प्रवेशको लागि प्रस्ताव आएका थिए। तर, म युवा भएको र यस पार्टीले बोकेको उद्देश्यबाट प्रभावित बनेकोले नै मैले यो दल रोजेको छु।
मेरो राजनीतिक यात्राको आरम्भ भएको छ। म यो राजनीतिक यात्राको क्रममा हजारौं पटक आफूलाई जनताको सेवाको अधिकतम परीक्षामा होम्याएर पास गराउन चाहन्छु। यो मेरो प्रण हो,’ उनले भनिन्। पार्टीलाई अरू दलभन्दा फरक रूपमा उभ्याउने उनले बताएकी छन्।