काठमाडौं । लामो समयपछि अभिनेत्री शिल्पा पोखरेल र उनका श्रीमान् निर्माता छवि ओझाबीचको मुद्दा टुंगोमा पुगेको छ । आइतबार काठमाडौं जिल्ला अदालतले शिल्पाको पक्षमा फैसला सुनाएको हो । शिल्पाले समाजिक सञ्जालमा शिल्पाले आफ्नो जीत भएको र अदालतबाट न्याय पाएको महसूस भएको भन्दै उल्लेख गरेकी छिन् ।

 

शिल्पाले लेखेकी छिन्, ‘हिजो (शनिबार) सम्मानित काठमाडौं जिल्ला अदालतबाट छवि ओझा बिरुद्धको मेरो मुद्धामा मलाइ जिताउने सम्पुर्ण निर्णयले मैले सम्मानित अदालतबाट न्याय पायेको महसुस गरेको छु ।

यस कठिन समयमा मलाइ बलियो साथ दिने सबै परिवारजन, आमा, बुवा, दाई, भाउजू,साथिहरु, संघ संस्था तथा बिशेष सहयोगको लागी वरिष्ठ अधिवक्ता रमेश गुरागाइज्यु र अधिवक्ता मनोज यादवज्युलाइ कृतज्ञता तथा हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छु ।’ अदालतले छविलाई आफ्नो भागको सम्पत्ति शिल्पालाई आधा दिनुपर्ने फैसला सुनाएको हो ।

अदालतले वैवाहिक सम्बन्धमा रहँदासम्म छविलाई लागेको ऋणको आधा हिस्सा शिल्पाले बेहोर्नुपर्ने पनि फैसला गरेको छ । यसका साथै अदालतले दुवैको डिभोर्स मुद्धा पनि टुंग्यो । छविको जायजेथा र ऋणको सबै लेखाजोखा भइसकेको छ । छविले आफ्नो ऋण २० करोडभन्दा माथि देखाएका छन् ।

छविको आधा सम्पत्तिबाट ऋणको आधा रकम कटाएर शिल्पाले पाउने भएकी छिन् । शिल्पाले २०७६ सालमा ओझाविरुद्ध सम्बन्ध विच्छेद र माना चामलको मुद्दा हालेकी थिइन् । त्यसबेलादेखि दुवै अलग–अलग बस्दै आएका छन् ।

सम्बन्धित खबरहरु