काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा बार्षिक परीक्षा प्रणाली अनुसार २०७९ सालको ४ बर्षे खाद्य प्रविधि (स्नातक तह) बी. टेक प्रथम र चौथो बर्षको नियमित तथा आंशिक परीक्षार्थीको निम्नकार्यक्रमअनुसार परीक्षा सञ्चालन हुने भएकाले सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा समय १२ः०० देखि ३ः०० सम्म हुनेछ ।

ज्येष्ठ सदस्य जबरासहित ११ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । प्रतिनिधिसभाका ११ सदस्यले सम्पत्ति विवरण नबुझाएको पाइएको छ । संघीय संसद सचिवालयका अनुसार समयमा सम्पत्ति विवरण नबुझाउनेमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरा समेत हुनुहुन्छ ।

अजयकुमार चौरसिया, उदयशमशेर जबरा, टेकबहादुर गुरुङ (निलम्बित), वर्षमान पुन, मनोरमा शेरचन, महिन्द्र राय यादव, मेटमणि चौधरी, मोहनबहादुर बस्नेत, राजकुमार गुप्ता र लक्ष्मी महतो कोइरीले पनि सम्पत्ति विवरण बुझाउनुभएको छैन ।

भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

यसरी विवरण नबुझाएमा ५ हजार जरिवाना हुनेछ । साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस्ता व्यक्तिको सम्पत्ति शंकास्पद मानेर छानबिन गर्न सक्नेछ ।

सम्बन्धित खबरहरु