काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताउनुभएको छ ।

मङ्गलबार काठमाडौंमा भएको ‘नेपालमा जलविद्युत क्षेत्रमा वित्तीय लगानी’ विषयक कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । उहाँले पछिल्लो समय जलविद्युत उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुख्खा याममा समेत आत्मनिर्भर बन्ने बताउनुभयो ।

निर्देशक घिसिङले जलविद्युतमा आत्मनिर्भर भएर पनि त्यो समयमा २५ सय मेगावाट विद्युत बढी हुने जानकारी गराउनुभयो । घिसिङका अनुसार अहिले २५ सय ४४ मेगावाट उत्पादन क्षमता भएको छ । यसमा सोलार ७० मेगावाट छ । प्रत्येक वर्ष आठ सय मेगावाट विद्युत उत्पादन बढ्दै गएको छ ।

पछिल्लो पाँच वर्षको ७ हजार मेगावाट विद्युत उत्पादन गर्ने अनुमान छ । विद्युत उत्पादन र विद्युत खपतको लागि पनि लगानी गर्नुपर्ने अवस्था छ । घिसिङले सन् २०३५ सम्ममा नेपालमा आठ हजार मेगावाट विद्युत उत्पादन क्षमता पुग्ने बताउनुभयो ।

सम्बन्धित खबरहरु