काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थप आठ मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । सत्ता घटक नेकपा (एमाले) ले सरकार छोडेपछि ती सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले लिनु भएको हो ।

मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले गरेको व्यवस्था अनुसार थप मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्रीलाई तोक्नुभएको हो ।

एमालेले अर्थ, कृषि, परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र भूमिसुधार मन्त्रालय पाएको थियो । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको थियो ।

सम्बन्धित खबरहरु