काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले कर्मचारीको तलब बृद्धिको माग गर्नुभएको छ । उहाँ संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानले कर्मचारीको तलब कम्तीमा पनि १ लाख ५० हजार हुनुपर्ने माग अगाडि सारेको हो ।

 

मंगलबार एक पत्रकार सम्मेलन गर्दै महाभियानले निजामती कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीको तलब कम्तीमा १ लाख ५० हजार हुनुपर्ने बताएको हो ।

जारी विज्ञप्तिमा निजामती कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीहरूको तलब सुविधा कम्तीमा पनि १ लाख ५० हजार हुने ग्यारेन्टी हुनुपर्ने हुनुपर्ने कुरा उल्लेख गरिएको छ ।

सम्बन्धित खबरहरु