काठमाडौं । भारतमा घरेलु ग्यासको भाउ बढेको छ । योसँगै व्यावसायिक सिलिण्डरको मूल्य पनि बढ्यो । नयाँ भाउ मार्च १ देखि लागू भएको छ । यसरी १४.२ किलोको घरेलु ग्यास सिलिन्डर ५० रुपैयाँ महँगो भयो ।

घरेलु ग्यास सिलिन्डर अब ११ सय ३ रुपैयाँ पुगेको छ । १९ केजीको व्यावसायिक ग्यास सिलिन्डर पनि ३५० रुपैयाँले महँगो भएको छ । अब उक्त सिलिन्डर रु २११९ मा उपलब्ध हुनेछ । यी नयाँ मूल्यहरू दिल्लीका मात्रै भएको जनाइएको छ ।

सम्बन्धित खबरहरु