कमल ढकाल । लोकतान्त्रिक पद्धतिको प्रारम्भिक र सर्वाधिक महत्त्वपूर्ण कुरा के हो भने बहुदलीयतालाई आत्मसात गर्नु।बहुदलीयतालाई स्वीकार गर्नु भनेको दुई वा दुई भन्दा अधिक दलहरू बीचको प्रतिस्पर्धालाई मान्नु वा स्वीकार्नु हो ।
अझ प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गरेर मात्र सत्तामा पुग्न पाउने व्यवस्था हो । बहुलतालाई मानेपछि धेरै दलहरु आफ्ना निश्चित मुल्य, मान्यता, सिद्धान्त, बिचार, रणनीतिका साथै देश बिकास र समृद्धिका योजना लिएर सार्बभौमसत्ता सप्पन्न जनता माझ गएर जनताको अभिमत लिएर प्राप्त परिणाम अनुसार सरकार बनाउनेतर्फ लाग्नुपर्ने हुन्छ ।
निर्वाचन जनता माझ कुन दलहरू कति लोकप्रीय छन् भनेर जाच्ने र मुल्यांकन गर्ने माध्यम हो। निर्वाचनमा सबै नागरिक समान हुन्छन् । समान नागरिक द्लहरु जाच्ने र जनादेश दिने न्यायाधीश हुन। प्रधानमन्त्री देखि सबैभन्दा तल्लो तहका नागरिकको मतभार बराबर हुन्छ ।
कसैको मतभार तलमाथि हुदैन त्यसैले भनिन्छ मतदानका दिनमा मात्रै उच्च तहमा रहेका शासकहरु देखि तल्लो स्तरमा खान लाउने समस्याबाट ग्रसित ब्यक्ति पनि समान हुन्छन् । कोहि माथी कोहि तल हुदैनन् किनभने उनीहरुको मत समान हुन्छ। सबैको मत दिने अधिकार बराबर हुन्छ।
नेपाली राजनीतिमा आवधिक निर्वाचन २०७९ सप्पन्न भयो। दलहरु कोहि गठबन्धन बनाएर, कोहि तालमेल र कोहि आफ्नो दलमात्रै चुनावमा सहभागी भए। जनताले आफ्ना प्रतिनिधिहरु छानेर प्रतिनिधि सभा र प्रदेश सभामा पठाए । जनताले कुनै पनि दललाई पुर्ण बिश्वास गरेनन् । यसैले बहुमत कुनै पनि दलले प्राप्त गर्न सकेनन् ।
बहुमत प्राप्त गर्न असमर्थ दलहरूले सरकार बनाउन अरु दोस्रो दल हरुसँग मिल्नु पर्ने भयो। बिचार नमिल्ने हरुसँगको चुनावी गठबन्धन टुट्यो र दुई ठुला कम्युनिस्ट पाटी एमाले, माओवादी र अन्य दलहरूको साझा सहमति बन्यो । यहि सहमतिका आधारमा प्रचण्डको नेतृत्वमा सरकार बन्यो। सरकार बनाउने किङ्ग मेकर एमाले हो। एमालेसँग सरकार निर्माण भएसँगै देशी बिदेशी यथास्थितिवादी, दलाल नोकरसाही पुजीवादी शक्तिको निद हराम भयो। होस हवास उड्यो।
बिशेष गरेर बिस्तारवादी भारत, साम्राज्यवादको नाइके अमेरिकी नियोगहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समर्थित प्रचण्ड सरकारबाट ओलीलाई सत्ता च्युत गराउने रणनीतिक योजनाका साथ लागे । यो अपवित्र योजना सफल बनाउन देउवा र प्रचण्ड यानिकी काङ्ग्रेस–माओवादी हात लिनुपर्थ्यो । यसका लागि राष्ट्रिय सहमतिको कार्ड फालियो र यहीँ कार्ड अनुसार प्रचण्डलाई कन्भिस गरेर पुन देउवा नजिक पुर्याइयो।
अस्थिर, मुडि र भाबुक प्रचण्ड प्रवृत्तिलाई क्याम्प समातेर काङ्ग्रेस माओवादी र अन्य सानादलहरुको गठबन्धन बन्यो । राजनीतिक ईमान र नैतिकताको आधारमा एमाले सरकार बाट र सरकारलाई दिएको समर्थनबाट बाहिर निस्कने निर्णयमा पुग्यो। सरकार एमालेका लागि सुविधाजनक भएन छोड्यो। सत्तामा रहनु र बाहिरिनु सामान्य नियमित कुरा हुन।
नेपाली जनताले सबैभन्दा बढी समानुपातिक मत दिएर ४४ जिल्ला र ४ प्रदेशमा पहिलो बनाएको लोकप्रिय पाटी सत्ता बाहिर राख्ने राजनीतिक अपराध सफल भयो। सामान्य जस्तो लाग्ने बिपरित बिचार समूहको गठबन्धन संविधानको मूल मर्मकै बर्खिलापमा छ। राज्य चलाउने र देशको समृद्धि र बिकास गर्ने विषयमा नै एकमत नभएका, एउटै आइडोलोजी नभएका, सिद्धान्त ,बिचार र रणनीति नै पुरापुर फरक भएका काङ्ग्रेस र माओवादीको अप्रत्याशित रूपमा बिदेशी स्वार्थ पुरा गर्न बनाइएको कठपुतली गठबन्धन आफैंमा बिबादास्पद गठबन्धन हो।
अप्राकृतिक भनेको के हो भने प्रकृति बिपरित हो। दुधमा अमिलो घोल्दा फाट्छ । खान नहुने हुन्छ। खाए बिरामी परिन्छ। काङ्ग्रेस र माओवादीको मेल भनेको दुध र अमिलो जस्तै हो, यो तत्काल फाट्छ । काङ्ग्रेस समाजवादी र माओवादी गणतन्त्रवादी हो। काङ्ग्रेस पुजीवादी हो तर माओवादी श्रमजीवी सर्बहाराको पाटी हो। पुजीवादीले धनाड्यको र गणतन्त्रवादीले गरिब बर्गको संरक्षण गर्छ ।
यसतर्फ ध्यान दिदा यिनिहरुको गठबन्धन आकाश र पत्ताल जस्तै फरक छ, कहिल्यै भेट नहुने खालको छ। यसैले अपवित्र हो। अप्राकृतिक हो। अर्काको स्वार्थ पूरा गर्न बनाइएको बुख्याचा हो, अप्राकृतिक रूपमा निर्माण गरिएको कृतिम रोबोट हो। रोबोट मान्छेले रिमोटबाट ब्याट्री लगाएर चलाउछ। रिमोटबाट जे जे निर्देशन गर्यो त्यही त्यही गर्छ।निर्देशन गर्न छोड्यो आराम गर्छ, बस्छ । यो गठबन्धन पनि भारत अमेरीका, देशीय यथास्थितिवादी र ‘पुरातनवादी शक्तिहरुको रिमोट हो । उनीहरुले जे जे अरन खटन गर्छन्।सोही निर्देशन र अरन खट्न पूरा गर्छ। जतिबेला यो सरकारले निर्देशन पालना गर्न नसक्ने काम गर्न लाउछन् त्यतिबेला देउवा शक्ति हावी हुन्छ र दवावपूर्ण काम गर्न लाउदा प्रचण्डको होस हवास उठ्छ।
नखाउ भने दिनभरीको शिकार खाउ भने कान्छा बाउको अनुहार भने जस्तै प्रचण्ड सिकार नखाने अबस्थामा पुग्छन् । काम गर्न नसक्ने भएपछि सरकारबाट आफै राजिनामा दिन्छन् वा गैर कम्युनिस्ट सरकार बनाउनेतर्फ उल्लेखित शक्ति केन्द्रहरु लागेर प्रचण्डलाई खुइल्याउछ्न। बिश्वासको मत लिनुपर्ने राजनीतिक वातावरण सृजना गरेर पद मुक्त गर्छन् ।प्रचण्ड अस्थिर भएकोले देश अस्थिरता तिर मोडियो। अराजकता तर्फ गयो।
गठबन्धन र राष्ट्रिय सहमति भनेको त प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मान्यताको विपरीत हो। यसले निर्दलीयतालाई प्रतिबिम्बित गर्छ। हाम्रो देशमा हजारौं ब्यक्तिहरुको रगत र बिरतापुर्बक संघर्ष मार्फत प्राप्त गणतन्त्रपछि देशमा सुरू भएको प्रतिस्पर्धात्मक राजनीतिक परिवर्तन विरोधी काम पनि हो अपबित्र गठबन्धन ।
यो संस्कारहिन गठबन्धनले गर्दा संविधानले परिकल्पना गरेको राज्य व्यवस्था प्राप्त गर्न सकिदैन किन भने राज्य स्मोथल्ली संचालन हुनको लागि कि एउटै दलको सभामुख, प्रधानमन्त्री र राष्ट्रपति चाहिन्छ । यदि एउटै दलको बहुमत नभए एउटै राजनीतिक र सैद्धान्तिक आदर्श बोकेका दलहरूले बनाएको गठबन्धनका ब्यक्तिहर उक्त तीन शक्तिशाली पदहरुमा नियुक्त हुनुपर्छ नत्र बिचार बाझ्ने र राज्य ब्यबस्था संचालन गर्ने उदेश्य र लक्ष्य नै फरक भएका दलहरूबाट पदासिन भए भने नीति, नियम, कानून र आवश्यक विभिन्न कार्यक्रमहरु सजिलोसँग पास हुन सक्तैनन् ।राज्य संचालनमा आवश्यक पर्ने बिषय बस्तुहरु समयमै लागू गर्न नसक्दा बिकास र समृद्धि पछाडी पर्छ। राज्यका कुनै पनि अंगले काम गर्न सक्दैनन् ।
राज्यका संबैधानिक अंगहरुले नियमित कार्यसम्पादन गर्न असमर्थ हुँदा राज्य माथी गम्भीर प्रश्नहरु खडा हुन्छन् । त्यसैले स्वाधीन सरकार बनाउनेतर्फ लाग्नुपर्छ । पराधिन सरकार स्वचालित हुदैन । अर्काको रिमोटबाट संचालित सरकारले अरुकै मुख ताक्नु पर्छ। यस्तो सरकारले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, सार्बभौमसत्ता, राष्ट्रिय सुरक्षा र राष्ट्रिय एकतालाई खलल पुर्याउदछ। राज्यमा अराजकता मौलाउछ। यसले गर्दा राज्य असफलता तिर जान्छ । सफल राज्यका निम्ति बिचार मिल्ने हरु एक ठाउँमा हुन जरुरी छ।
कमल ढकाल, नेकपा एमाले जिल्ला कमिटी खोटाङ