काठमाडौं । आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाउँदै आएकी शर्मिला वाइबाले विष सेवन गरेर आत्महत्या प्रयास गरेकी छन् । जानकारी अनुसार उनले बुधबार राति महाराजगञ्जस्थित आफ्नै निवासमा विष सेवन गरेकी हुन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले यसबारे जानकारी गराउनुभयो ।

उनको हाल वीर अस्पतालमा उपचार भइरहेको छ । अस्पताललाई उद्धृत गर्दै प्रहरीले अवस्था गम्भीर नभएको जानकारी गरायो । उनी बोल्न सक्छिन्, तर, उनले यो कदम किन उठाइन् भन्ने कारण बताउन अस्वीकार गरेको प्रहरी बताउँछ ।

सम्बन्धित खबरहरु