काठमाडौं । खाना पकाउने ग्यास विस्फोटको घटनामा परेर भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारीलाई हल्का सङ्क्रमण देखिएको छ ।

सांसद भण्डारीको उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्नुहुँदै कांग्रेस नेता योगराज कँडेलले हल्का सङ्क्रमण देखिएकाले एन्टीवायोटिक्स चलाइएको बताउनुभयो ।

उहाँका अनुसार सांसद भण्डारीलाई ज्वरो आएको छैन र अरु पारामिटर पनि सबै सामान्य देखिएको छ । त्यस्तै, आज ड्रेसिङको काम हुनेछ भने भण्डारीको उपचार आईविसियू (आईसियू) को प्रोटोकल अनुसार चलिरहेको छ ।

सम्बन्धित खबरहरु