काठमाडौं । सुपरस्टार शाहरुख खानकी श्रीमती गौरी खान गम्भीर संकटमा परेकी छन् । वास्तवमा लखनउमा एक व्यक्तिले गौरी खानसहित ३ जनाविरुद्ध एफआईआर दर्ता गरेका हुन् ।

गौरी विरुद्ध आईपीसीको धारा ४०९ अन्तर्गत मुद्दा दर्ता भएको छ । जानकारी अनुसार गौरी ब्राण्ड एम्बेसडर रहेको कम्पनी (तुल्स्यानी कन्स्ट्रक्सन एण्ड डेभलपर्स लिमिटेड) ले ८६ लाख भारु अर्थात एक करोड ४० लाख नेपाली रुपैयाँ लिए पनि अहिलेसम्म फ्ल्याट नदिएको भन्दै मुम्बईका जसवंत शाह नामका व्यक्तिले उजुरी दायर गरेका हुन् । यो फ्ल्याट तुलसियानी गोल्ड भ्यू, सुशान्त गल्फ सिटी, लखनउमा रहेको छ ।

गौरीले पैसा हिनामिना गरेको आरोप लगाउँदै ती व्यक्तिले लखनऊ प्रहरी चौकीमा उजुरी दिएका हुन् । जानकारी अनुसार ती व्यक्तिले उजुरीमा आफूसँग पैसा लिए पनि यो फ्ल्याट अरु कसैलाई दिएको दाबी गरेका छन् ।

उजुरीकर्ताले गौरी खानसँगै तुलस्यानी कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख एमडी अनिलकुमार तुलस्यानी र निर्देशक महेश तुलस्यानीविरुद्ध पनि किटानी जाहेरी दिएका छन् । ब्राण्ड एम्बेसडर गौरीको प्रचारबाट प्रभावित भएर शाहले उक्त फ्ल्याट किनेको उजुरीमा उल्लेख छ ।

गौरीको आफ्नै कम्पनी ‘गौरी खान डिजाइन्स’ छ । उनी बी–टाउनका उत्कृष्ट इन्टेरियर डिजाइनर हुन्, जसले धेरै प्रसिद्ध सेलिब्रेटीहरूको घर डिजाइन गरेको छ । यसबारे गौरी खानलाई कुनै जानकारी छैन ।

उनी यस ब्रान्डकी एम्बेसडर मात्र हुन्, त्यसैले उनको नाममा पनि एफआईआर दर्ता भयो । यद्यपी गौरी खानको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

सम्बन्धित खबरहरु