काठमाडौं । एक निजी विद्यालयका शिक्षकले कुट्दा विद्यार्थीको कानको जाली फुटेको छ । घटना तनहुँको व्यास नगरपालिका–१ स्थित गल्बुवेसीको हो । मादी श्री आवासीय माध्यमिक विद्यालयका शिक्षक मनोज राउतले कानको जाली नै फुट्ने गरी विद्यार्थी कुटेका हुन् । राउतले कक्षा ६ मा पढ्ने १२ वर्षीय रोनिश पराजुलीलाई कुट्दा देब्रे कानको जाली फुटेर दुई वटा प्वाल परेको र कानभित्र रगत समेत जमेको खुलेको छ ।

शिक्षकले आइतबार कक्षा ६ मा पढ्ने पराजुलीले गल्ती गरेको भन्दै पिटेका थिएन । राउतले आफूले पराजुलीलाई पिटेको स्वीकार गरेका छन् । रोनिशको आमा अर्पणा पराजुली छोरा घाइते भएपछि सुरुमा एपोलो हस्पिटल दमौली लागेको र त्यसपछि पोखरा रिफर गरेर मङ्गलवार गण्डकी मेडिकल कलेज लगेको बताइन् ।

तर विद्यालयले विश्वास नगरेपछि पुन: पोखराकै पार्कल्याण्ड हस्पिटलमा नाक, कान घाँटी विशेषज्ञ डाक्टर सुधीर गोपाल पराजुलीसँग परीक्षण गरियो । परीक्षणका क्रममा कानको जालीमा दुई वटा प्वाल परेको र रगत समेत जमेको देखियो । कुट्ने शिक्षक माथी कारबाही गर्नुपर्ने माग राखिएको छ ।

सम्बन्धित खबरहरु