काठमाडौं । रुससँग युद्धरत युक्रेनलाई अमेरिकाले फेरि सैन्य सहयोग गरेको छ । अमेरिकी रक्षा मन्त्रालयले युक्रेनलाई ४० करोड डलर बराबरको सैन्य उपकरण र हतियार पठाएको जानकारी गराएको हो ।

रक्षा मन्त्रालयले यो सहयोग युक्रेनको रक्षा आवश्यकता पूरा गर्नका लागि भएको जानकारी गरायो । फेब्रुअरी २०२२ मा युक्रेनमा रुसले आक्रमण गरेदेखि अमेरिकाले ३० अर्ब डलरभन्दा बढी सहयोग पठाइसकेको छ ।

अमेरिकाले नयाँ सहयोगमा युक्रेनलाई आधुनिक रकेट प्रणाली, हाइमर्स डिफेन्स सिस्टमका लागि आर्टिलरी राउन्ड उपलब्ध गराएको छ । यसमा सवारीसाधन सञ्चालन गरिएका पुलहरू पनि समावेश छन् ।

सम्बन्धित खबरहरु