काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षाबारे जरुरी सूचना प्रकाशित गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले वार्षिक परीक्षा प्रणाली अनुसार २०७९ सालको ४ वर्षे खाद्य प्रविधि (स्नातक तह) बीटेक प्रथम, दोश्रो, तेस्रो र चौथो वर्षको नियमित तथा आंशिक परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा सञ्चालन हुने भएको हुँदा जरुरी सूचना जारी भएको हो । परीक्षा अर्को वर्ष बैशाख २४ गतेदेखि सञ्चालन हुने जनाइएको छ । परीक्षा समय दिउँसो १२ बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ ।

सम्बन्धित खबरहरु