काठमाडौं । आइतबार बिहान नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । काभ्रेपलाञ्चोक केन्द्र भएर भूकम्प गएको हो । आज बिहान आठ बजेर तीन मिनेट जाँदा भूकम्प गएको पाइएको छ ।

जानकारी अनुसार ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पनि यसको पुष्टि गरेको छ । भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा महसुस गरिएको थियो । यसबारे थप जानकारी भने आइसकेको छैन् ।

 

सम्बन्धित खबरहरु