काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण माओवादी एक हुनुपर्ने बताउनु भएको छ ।

उहाँले आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्ता बताउनु भएको हो । कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले विभाजित माओवादी पार्टीका विभिन्न घटकहरूलाई एकताबद्ध हुन अनुरोध गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘फेरि हामी माओवादीहरू सबै एक ठाउँमा केन्द्रित हुन जरुरी छ । मैले त्यो अपिल गर्दै आएको छु ।’ माओवादी आन्दोलन एउटा ठूलो प्रवाहको रूपमा अगाडि आएपनि शान्ति प्रक्रियापछि यो विभिन्न भँगालाहरू तिर विभाजित जस्तो भएको उल्लेख गर्नुभयो ।

उहाँले अगाडि भन्नुभयो, ‘अब समय फेरि बग्दै जाँदा ती सबै भँगालाहरू एक ठाउँमा मिसिएर एउटा विशाल सागरतिर जाने समय आयो ।’ उहाँले सबै माओवादीहरू एक ठाउँमा केन्द्रित हुने समय आएको बताउनुभयो ।

सम्बन्धित खबरहरु